देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीशहरुको छलफलमा प्रधानन्यायाधीश जबराको जवाफ: संवैधानिक दायित्व पूरा नगरी राजीनामा दिन्न

देशान्तर

काठमाडौं – प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई राजीनामा नदिने बताएका छन्। हिजो इजलास बहिस्कार गरेका न्यायाधीशहरु आज राणालाई भेट्न पुगेका थिए। उनीहरुले राणालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए।

सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्यायाधीशहरुको छलफलमा राजीनामा दिने विषयमा जबराले आनाकानी गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए। ती न्यायाधीशका अनुसार प्रधान न्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा नगरी राजीनामा नदिने बताएका हुन्।

न्यायलयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायत विषयमा छलफल गर्ने भन्दै न्यायाधीशहरु जबरासँग भेटमा जुटेका थिए‍। विविध विषय भनिए पनि न्यायाधीशहरुले राणाले राजीनामा दिनुपर्ने सुझाव नै छलफलको केन्द्रमा थियो। उनीहरुले अदालतमा देखिएका समस्या समाधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएका थिए।

प्रधान न्यायाधीशको विरुद्ध सोमवार मात्रै सर्वोच्चका १४ जना न्यायाधीशले इजलास बहिस्कार गरेका थिए। जबराविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु छलफलमा जुटेका थिए। सोमवारको छलफलको निर्णय अनुसार आज बिहान प्रधान न्यायाधीशलाई भेटेर सुझाव दिने तय भएको थियो। प्रधान न्यायाधीशले राजीनामा नदिने अडान देखाएपछि न्यायाधीशहरु फेरि छुट्टै बैठकमा बसेका छन्।