देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सैनिक कू’ को विरोधमा सुडानमा प्रदर्शन सातजनाको मृत्यु

देशान्तर

सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १ सय ४० जना घाइते भएका छन् ।

सत्ता कब्जाको विरोधमा प्रदर्शनमा सहभागीको भिडमा सेनाले गोली चलाएको हो । राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेका छन् । सेनाले प्रदर्शनकारीमाथि बल प्रयोग गरेपनि प्रदर्शन भने रोकिएको छैन ।

सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएपछि सुडानमा राजनीतिक संकट गहिरिएको छ । सेनाले राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले आपतकालीन अवस्था घोषित गरेको छ ।

राजनीतिक अस्थिरताका कारण आफूहरुले सत्ता कब्जा गर्नु परेको सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् ।

सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने घोषणा गरेको छ ।

ओमार अल–बसिरको सरकार अपदस्थ भएर दुई वर्षअघि संक्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको छ ।