देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

देशान्तर

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।