देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिम्बाब्वेलाई टी २० मा स्कटल्याण्ड्सले हरायाे

देशान्तर

टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डसँग जिम्बाब्वे पराजित भएको छ । जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टीमा स्कटल्यान्ड ७ रनले विजयी भएको हो ।

गए राति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई १४२ रनको लक्ष्य दिएको थियो । जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

जिम्बाब्वेका लागि मिल्टन शुम्बाले सर्वाधिक ४५ रन बनाए । सिन विलियम्सले २८ रन जोड्दा कप्तान क्रेग इर्भिनले २६ रन बनाए । स्कटल्यान्डका सफ्यान शरिफले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

जितसँगै स्कटल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।