देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पीएनजीविरुद्ध नेपाल : नेपाललाई सातौँ सफलता

देशान्तर

काठमाडौँ — ओमान भ्रमणमा रहेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग खेलिरहेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि बलिङको निम्तो पाएको नेपालले सातौँ सफलता हात पारेको छ ।

नेपालका लागि सातौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले २३.३ ओभरमा जेसन किलालाई एलबीडब्ल्यू आउट गराएका हुन् । यसअघि उनले सेसे बाउलाई कुशल मल्लको हातबाट क्याचआउट गराएका थिए । त्यस्तै उनले ओभरमा पीएनजीका चार्ल्स अमिनीलाई पनि आउट गराएका थिए ।

नेपालका लागि छैटौं विकेट कुशल मल्लले लिएका हुन् । २२.५ ओभरका उनले पीएनजीका किपलिन डोरिगालाई आउट गराएका हुन् । १५ रन बनाएर खेलिरहेका उनलाई कुशलको बलिङमा कुशल भुर्तेलले क्याचआउट गराएका हुन् ।

नेपालका कुशल मल्लले आक्रमक ब्याटिङ गरिरहेका पिएनजीका १२.५ ओभरमा लेगा सियाकालाई कट एन्ड बोल्ड गरे ।

दोस्रो ओभरको पहिलो बलमा नेपालका तीव्र गतिका बलर विक्रम सोबले पीएनजीका टोनी उरालाई बोल्ड गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विक्रमको यो पहिलो अन्तर्राष्ट्रिय विकेट हो ।

यस्तै सोबले खेलको चौथो तथा उनको व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत ४ रनमा स्लिपमा आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए ।

ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीका क्रममा पीएनजीसँग खेलिरहेको हो ।

नेपालका सफल कप्तान र खेलाडी रहेका पारस खड्काले गत महिना अप्रत्याशित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएयता नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटको सामना गर्न लागेको हो ।