देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो एक दिवसीय क्रिकेट :  श्रीलङ्काले दक्षिण अफ्रिकालाई १४ रनले हरायो

देशान्तर

काठमाण्डौ – श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै रस्सी भान डेर डुसेनले ५९, कप्तान टेम्बा बाभुमाले ३८ र हेन्रिच क्लासेनले ३६ रन बनाए । श्रीलङ्काका अकिला धनञ्जयले २ तथा चमिका करुणरत्ने, वानिन्दु हसरङ्ग र प्रभिन जयविककर्मले एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन जोडेको थियो । श्रीलङ्काका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय पारी खेले भने चारिथ असालङ्काले ७२, धनञ्जय डी सिल्भाले ४४ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो राबडा र केशव महाराजले २-२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १-० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।