देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल म्याड्रिडको एम्बाप्पेलाई भित्र्याउने प्रयास कठिन मोडमा

देशान्तर

काठमाडौँ – रियल म्याड्रिडको किलियन एम्बाप्पेलाई भित्र्याउने प्रयास कठिन मोडमा पुगेको छ । मिडिया रिपोर्टका अनुसार रियलको १७२ मिलियन युरोको प्रस्ताव पिएसजीले अस्विकार गरेपछि अब एम्बाप्पे यस सिजनमा पिएसजीमै रहने भएका हुन् ।

अन्तिम समयमा प्रयास भएमा मात्र उनी रियल म्याड्रिड जाने छन् । पिएसजीले एम्बाप्पेका लागि मागेको २ सय मिलियन युरोको प्रस्ताव रियलले अस्विकार गरेको बताइएको छ । तर एम्बाप्पेले रियल जान चाहेको र पिएसजीमा सम्झौता नवीकरण नगरेको अवस्थामा रियलको यो प्रस्तावलाई पिएसजीले अस्विकार गरेको विषयलाई सबैले अचम्म मानेका छन् । किनकी एम्बाप्पेले सम्झौता नविकरण नगरेमा उनी जनवरीमा रियल म्याड्रिडसँग निस्शुल्क रुपमा जाने सम्झौता गर्न स्वतन्त्र हुने छन् ।

पिएसजीका स्पोर्टिंग निर्देशक लियोनार्दोले एम्बाप्पेलाई किन्दा खर्च गरेको रकम आए मात्र स्वीकार गर्ने बताएका थिए । अगस्त ३१ (आज) खेलाडी ट्रान्सफरको अन्तिम डेडलाइन भएकाले एम्बाप्पे प्रकरणमा महत्वपूर्ण हुने देखिएको छ ।

रियल म्याड्रिडले पछिल्लो प्रस्तावमा कुनै फेरबदल नगर्ने र पिएसजीको निर्णयमै अब एम्बाप्पे बारे अन्तिम निर्णय हुने बताएको स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् । अब पिएसजीले अन्तिम समयमा आफ्नो अडान छोडेमात्र उनी अहिले रियल जाने सम्भावना देखिएको छ ।

गोल डट कमले आफ्ना स्रोतहरुलाई उदृत गर्दै यस सिजनमा एम्बाप्पे रियल जाने च्याप्टर क्लोज भएको उल्लेख गरेको छ तर स्पेनिस मिडियाहरुले भने पिएसजीले अन्तिम समयमा निर्णय लिनसक्ने आशा व्यक्त गरेका छन् ।