देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरको राजीनामा

देशान्तर

काठमाडौँ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका हुन् ।

ह्वाटमोरले ईमेलमार्फत आफ्नो परिवारलाई समय दिनका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले ओमन टूर लगत्तै लागू हुनेगरि राजिनामा दिएका छन् ।

नेपाली टोली सेप्टेम्बर २० सम्म ओमन भ्रमणमा छ । जहाँ नेपालले आईसीसी विश्व क्रिकेट लिग टू मा अमेरिका र ओमनसँग त्रिदेशीय क्रिकेट खेल्नेछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्ने तालिका छ ।

अष्ट्रेलियाका ह्वाटमोर विश्वकप विजेता प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा श्रीलंकाले एकदिवसीय विश्वकप जितेको थियो । ह्वाटमोर गएको जनवरीमा एक वर्षका लागि नेपालको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।