देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहुलियतपूर्ण कर्जा सुविधा

देशान्तर

विराटनगर — बैंकिङ क्षेत्रमा पहुँच नभएको वर्गलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ । साना तथा नयाँ युवा व्यवसायी एवं अपांगता भएका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराइने भएको हो ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति र ग्लोबल आईएमई बैंकबीच समझदारी भएको छ । महासंघ प्रदेश समितिका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र बैंकका प्रदेश कार्यालय प्रमुख सुवास सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कर्जा सुविधाअन्तर्गत महासंघ आबद्ध तथा सिफारिस गरेका व्यवसायीलाई बैंकका प्रदेश १ भरिका सबै शाखाले कर्जा दिनेछन् । व्यवसायीलाई कर्जा दिँदा चलेको ब्याजदरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम छुट र सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट दिन बैंक सहमत छ ।