देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-२० विश्वकप क्रिकेटको तालिका सार्बजनिक

देशान्तर

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले टी-२० क्रिकेट विश्वकपको तालिका सार्बजनिक गरेको छ । युएई र ओमानमा हुने टी-२० विश्वकपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुवा न्यूगिनीबीच खेलिदै छ ।

यस अघि भारतमा प्रस्तावित गरिएको विश्वकप कोरोना महामारिका कारण युएईमा गर्न लागिएको हो । बहुप्रतिक्षित भारत र पाकिस्तानबीच अक्टोबर २४ मा हुने भएको छ । यस विश्वकपमा पहिलो चरणमा ८ टिमले दुइ समुहमा विभाजित भएर खेल्दै छन् भने दुवै समुहका शिर्ष दुइ स्थानमा रहेका एक एक टिम सुपर १२ मा प्रवेश गर्ने छन् ।

पहिलो चरण खेल्ने ८ टिममा समुह ए मा आयरल्याण्ड, नेदरल्याण्डस, श्रीलंका, नामिबिया रहेका छन् भने समुह बि मा ओमान, पपुवा न्यूगिनी, स्कटल्याण्ड र बंगलादेश रहेका छन् । पहिलो चरणको खेल १७ देखि २२ अक्टोबरसम्म हुने छ भने सुपर १२ को खेल अक्टोबर २३ देखि शुरु हुने आइसीसीले जनाएको छ ।

सुपर १२ मा भने अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रीका, अफगानिस्तान, इङल्याण्ड, न्यूजील्याण्ड, वेस्टइन्डिज गरि ८ टिम रहेका छन् भने चार टिम पहिलो चरणबाट आउने छन् ।