देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा लिभरपुल विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीमाथि ३–० को फराकिलो जित दर्ता गरेको हो ।

२६ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भए ।

पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्र्रो हाफमा अरु २ गोल थपेको थियो ।

६५ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरेपछि लिभरपुल २–० ले अघि बढ्यो । उक्त गोलमा पनि सलाहको एसिस्ट रहेको थियो ।

७४ औं मिनेटमा उनै सलाहले व्यक्तिगत पहिलो गोल गर्दा लिभरपुल ३–० गोलले विजयी भयो ।