देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यातायात व्यवस्था कार्यालय मोटरसाइकलमा ई–टोकन प्रणाली लागु

देशान्तर

काठमाडौं । बागमती प्रदेश यातायात व्यवस्था कार्यालय मोटरसाइकलले सेवाग्राहीहरूका लागि ई–टोकन प्रणाली लागु गरेको छ । कार्यालयले सूचना जारी गर्दै यही साउन ३१ गते आइतबारदेखि ई–टोकन लिएर मात्र कार्यालय आउन सेवाग्राहीहरुलाई अनुरोध गरेको हो ।

सेवाग्राहीले कुनैपनि सेवा लिनुपरेमा वेवपार्टल https://visittmo.bagamati.gov.np मार्फत अनिवार्य रुपमा ई–टोकन लिनुपर्ने उक्त कार्यालयले जनाएको छ ।

वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी साधनहरुको विवरणहरु डिजिटलाइजेसन गर्ने योजना अघि सारेको थियो ।

सोही योजना बमोजिम आइतबारदेखि ई–टोकन सेवा लागु गरिने बागमति प्रदेश सरकारको यातायात व्यवस्था कार्यालय मोटरसाइकलका प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए । भेटघाट प्रणालीको ई–टोकन प्रणालीको प्रयोगले कार्यालयको सेवा प्रविधिमैत्री हुनाको साथै कोभिड–१९ लगायतका संक्रामक रोगको जोखिम र यातायात कार्यालयहरुमा हुने भिडभाड र सेवाग्राहीको चापलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूहरुले लिएको पोखरेलले जानकारी दिए ।

आनलाइन टोकन लिने तरिका

१) मोवाईलबाट वा कम्प्युटरबाट https://visittmo.bagamati.gov.np मा सेवाग्राहीले देहाय अनुसार फारम भर्नुपर्नेछ ।

क) नाम थरः सवारी धनीको नाम थर

ख) सेवा लिन जाने कार्यालयः यातायात व्यवस्था कार्यालय मोटरसाईकल काठमाडौं

ग) सेवाको किसिमः आफ्नो मोटरसाइकलको लट बमोजिमको फाँट वा शाखा

२) आफ्नो मोबाईलमा आएको भेरिफिकेशन कोड फारममा भरेपछि टोकन बुक हुन्छ । कम्प्युटरबाट टोकन प्रिन्ट गरेर वा मोबाईलमा आएको टोकन वा SMS लिएर तपाईले टोकन भर्दा रोज्नु भएको दिनमा कार्यालयमा पुग्नुपर्नेछ ।

३) अनलाईन टोकन लिने क्रममा कुनै पनि समस्या परेमा ०५७–५२०९२६, ०५७–५२५४८१, ०५७–५२२८९०४ वा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।