देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेस्सी पीएसजीमा आबद्ध

देशान्तर

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका दिइने बताइएको छ ।
ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेसीले केही दिनअघि मात्रै बार्सिलोना छाडेका थिए । ‘पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्नका लागि म निकै आतुर छु । क्लब र यसको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन्,’ मेसीले सम्झौतापछि भनेका छन् ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेलमा ६७२ गोल गरेका छन् । त्यस्तै उनले ६ पटक बलोन डी ओर अवार्ड पाएका छन् भने क्याटलान क्लबलाई ३५ वटा उपाधि दिलाएका छन् । यो सिजनमा पीएसजीमा आबद्ध हुने चौथो खेलाडी हुन् । यसअघि पीएसजीले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेन्डर सर्जियो रामोस र इटालीका गोलरक्षक जियानलुइगी डोनारुमालाई भित्र्याइसकेको छ ।