देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

देशान्तर

काठमाडौं – साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।

१३ औं साफमा नेपाल, भारत,बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ । भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड– १९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेको थियो । एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्चसहितको योजना पेश गरेको थियो । यस्तै नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो। साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् ।साफ अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।