देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिक: पदक तालिकामा अमेरिका शिर्ष स्थानमा, कुन कुन देशले कति जिते ?

देशान्तर

काठमाडौँ – टोकियो ओलम्पिक सकिएको छ । जुलाई २४ देखि पदक इभेन्ट शुरु भएको यस ओलम्पिकमा ३४० स्वर्ण पदकका लागि खेल भएका छन् । यस ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जितेका छन् भने ९३ देशले ओलम्पिक पदक जित्न सफल भएका छन् । ९३ देशले ३४० स्वर्ण पदक, ३३८ रजत पदक र ४०२ काश्य पदक गरि कुल १०८० पदक जितेका छन् ।

पदक तालिकामा अमेरिकाले ३९ स्वर्ण पदकसहित सबैभन्दा बढी पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काश्य पदक गरी कुल ११३ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै चीनले ३८ स्वर्ण पदक, ३२ रजत र १८ काश्य पदकसहित ८८ पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै ओलम्पिकको आयोजक रहेको जापानले २७ स्वर्ण, १४ रजत र १७ काश्य पदकसहित ५८ पदक जितेर पदक तालिकामा तेस्रो स्थानमा रहेको छ । जापानले ओलम्पिकमा जितेको यो अहिलेसम्मकै धेरै पदक हो । त्यस्तै ग्रेट ब्रिटेनले २२ स्वर्ण, २१ रजत र २२ काश्य पदकसहित ६५ पदक जितेर चौथो स्थानमा रहेको छ । त्यसैगरी रसियन ओलम्पिक कमिटीले २० स्वर्ण, २७ रजत र २३ काश्य पदकसहित ७० पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कश्य पदकसहित ४६ पदक जितेर छैटौ स्थानमा रहेको छ । त्यसैगरी नेदरल्याण्डसले १० स्वर्ण पदक, १२ रजत र १४ काश्य पदकसहित कुल ३६ पदक जितेर सातौ स्थानमा रहेको छ । त्यस्तै जर्मनीले १० स्वर्ण, ११ रजत र १६ काश्य पदकसहित ३७ पदक जितेर आठौ स्थानमा रहेको छ । त्यसैगरी इटालीले १० स्वर्ण, १० रजत र २० काश्य पदकसहित ४० पदक जितेर नवौं स्थानमा रहेको छ ।

त्यस्तै फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ काश्य पदकसहित ३२ पदक जितेर दशौ स्थानमा रहेको छ ।

ओलम्पिकमा नेपालको प्रदर्शनस:

टोकियो ओलम्पिकमा नेपाली खेलाडीहरु पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, जुडोमा सोनिया भट्ट र शुटिंगमा कल्पना परियारले भाग लिएका थिए । महिला सय मिटर दौडमा सरस्वतीले १२.९१ सेकेन्डमा आफ्नो दौड पुरा गर्दै आफ्नो हिटमा आठौ स्थानमा रहेर नेपालको तर्फबाट टोकियो ओलम्पिकमा अन्तिम प्रतिष्पर्धा गरेकी थिइन् ।

सरस्वतीको टोकियो ओलम्पिकमा प्रदर्शन भने औसत रहयो । उनी दोस्रो चरणमा पुग्न असफल भइन भने आफ्नो सय मिटरमा सरस्वतीको उत्कृष्ट टाइमिङ १२.५५ सेकेन्ड भन्दा ३६ सेकेन्ड ढिलो सो दूरी पार गरेकी छन् । सय मिटर दौडमा नेपालको राष्ट्रिय रेकर्ड भने देवीमाया पनेरूको नाममा छ । उनले सन् १९९९ को दक्षिण एशियाली खेलमा १२.१९ मा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै टोकियो ओलम्पिकमा पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन् । यद्यपी गौरिकाले ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

त्यस्तै टोकियो ओलम्पिकमा अर्का नेपाली पौडी खेलाडी एलेक्स शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

त्यसैगरी जुडो खेलाडी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन् ।

त्यस्तै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा गरेको प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन भने सकिनन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा आफैले कायम गरेकको ६१४.५ स्कोरको राष्ट्रिय कीर्तिमानलाई ओलम्पिकमा तोडेकी हुन् ।