देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रेन्च लिग वानमा पीएसजीको जित

देशान्तर

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा पीएसजीले नव प्रवेशी क्लब ट्रोएसमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गरेको हो । शुरुमै एक गोलले पछि परेको पीएसजी नतिजा उल्ट्याउन सफल भयो ।

ओआलिड ईल हज्जामले नवौं मिनेटमा गोल गर्दै ट्रोएसलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अजरफ हाकिमीले गोल गरेपछि पीएसजीले खेल एक एक गोलको बराबरीमा ल्याएको थियो । हाकिमी इन्टरमिलानबाट यसै सिजन पीएसजी आएका थिए । खेल बराबरी भएको २ मिनेटमै पीएसजीले अग्रता लिएको थियो । त्यतिबेला मोउरो इकार्डीले गोल गरेका थिए । त्यसपछि बाँकी अवधिभर गोल नभएपछि पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुवात गर्न सफल भयो ।