देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राजिलले जित्यो टोकियो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण पदक

देशान्तर

काठमाडौँ । ब्राजिलले टोकियो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा ब्राजिलले स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै ओलम्पिक स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । ब्राजिलका लागि खेलको १०८औ मिनेटमा मालकमले निर्णायक गोल गर्दै खेल जिताएका थिए ।

यस अघि ब्राजिलका माथ्युस चुनाले खेलको ४५औ मिनेटमा र स्पेनका लागि मिकेल ओयारआबालले खेलको ६१औ मिनेटमा गोल गरेका थिए । खेलमा ब्राजिल रिचार्लिशनले ३८औ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए ।

यो हारपछि स्पेनले फुटबलमा रजत पदक जितेको छ । त्यस्तै शुक्रबार भएको खेलमा मेक्सिकोले जापानलाई पराजित गर्दै काश्य पदक जितेकोको थियो ।