देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-२० सिरीज: अष्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

देशान्तर

काठमाडौँ – बंगलादेशले अष्ट्रेलियाविरुद्धको टी-२० सिरीज जितेको छ । गएराती सम्पन्न सिरीको तेस्रो खेलमा बंगलादेशले १० रनले विजयी भएपछि ५ खेलको सिरीजमा ३-० को अग्रता हासिल गरेको हो ।

बंगलादेशले अस्ट्रेलियाविरुद्ध लगातार तीन खेलमा जित हासिल गर्दै ऐतिहासिक रुपमा टी-२० सिरीज जितेको छ ।बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउदै ११७ रन मात्र बनाउन सकेको थियो ।

अस्ट्रेलियाका लागि मिचेल मर्शले ५१, बेन म्याक डेर्मोटले ३५ र एलेक्स केरीले २० रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२७ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान मह्मुद्द्ल्लाले ५२ रन बनाएका थिए भने शकिब अल हसनले २६ र अफिफ होसैनले १९ रन बनाएका थिए ।

बंगलादेश टुरमा रहेको अस्ट्रेलियाले ५ खेलको सिरी ३-० ले हारेको छ भने अब सिरीको चौथो खेल आज हुने छ ।