देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेस्सीले बार्सिलोना छाड्ने पक्का

देशान्तर

चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ ।

क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै मेस्सीसँग नयाँ सम्झौताको लागि क्लबको वित्तिय तथा संरचनागत बाधा उत्पन्न भएको जनाएको हो ।

गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहन सहमति जनाएको खबर यसअघि सार्वजनिक भएको थियो ।

मेस्सीले हाल पाउदै आएको तलव एवं अन्य सुविधामा आधा कटौती गरेर उनी क्लबमै रहने बताईएको थियो । तर अहिले मेस्सीसँग नयाँ सम्झौताको लागि विभिन्न कठिनाई आएको क्लबको भनाई छ ।

खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ ।

मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने भनिएपनि क्लबमा मेस्सी वा अन्य कुनैपनि नयाँ खेलाडी दर्ता गर्न तलब घटाउनुपर्ने बाध्यताको कारण मेस्सीले बार्सा छाड्ने भएका हुन् ।

मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाईरहेका छन् ।