देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायमै, कुन देशले कति पदक जिते ?

देशान्तर

काठमाडौँ । टोकियो ओलम्पिकमा १३औं दिनसम्म पदक जित्ने देशको संख्या ८८ पुगेको छ । त्यस्तै १३औं दिनसम्म आउदा २७० स्वर्ण पदकको छिनोफानो भएको छ ।

१३औं दिनको खेल सकिदा चीन शिर्ष स्थानमा कायम रहेको छ । पदक तालिकामा चीन ३४ स्वर्ण, २४ रजत र १६ काश्य पदकसहित कुल ७४ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै अमेरिका २९ स्वर्ण, ३५ रजत र २७ काश्य पदकसहित ९१ पटक जितेर दोस्रो स्थानमा भने आयोजक जापानले २२ स्वर्ण पदकसहित १० रजत र १४ काश्य पदक गरि कुल ४६ पटक जितेर पदक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलियाले १७ स्वर्ण, ५ रजत र १९ कश्य पदकसहित ४१ पदक जितेर चौथो स्थानमा रहेको छ भने रसियन ओलम्पिक कमिटीले १६ स्वर्ण, २२ रजत र २० काश्य पदकसहित कुल ५८ पदक जितेर पाँचौं स्थानमा रहेको छ । त्यस्तै ग्रेट ब्रिटेनले १६ स्वर्ण, १८ रजत र १७ काश्य पदकसहित कुल ५१ पदक जितेर छैटौ स्थानमा छ भने जर्मनीले ९ स्वर्ण, ९ रजत र १६ काश्य पदक जितेर सातौ स्थानमा रहेको छ ।

त्यस्तै फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ काश्य पदक जितेर आठौ स्थानमा उक्लिएको छ भने इटाली ७ स्वर्ण, १० रजत र १८ काश्य पदक जितेर नवौ स्थानमा छन् । त्यस्तै नेदरल्याण्डस् ७ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेर दशौँ स्थानमा रहेको छ भने न्यूजील्याण्ड ७ स्वर्ण, ६ रजत र ६ काश्य पदक जितेर एघारौ स्थानमा छ ।

त्यस्तै दक्षिण कोरियाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ भने हंगेरीले ५ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ । त्यसैगरी क्यानाडाले ५ स्वर्ण, ५ रजत र ८ काश्य पदक जितेको छ भने क्युबाले ५ स्वर्ण, ३ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै ब्राजिलले ४-४ स्वर्ण र रजत तथा ८ काश्य पदक जितेको छ भने चेक रिपब्लिकले ४ स्वर्ण र ३ रजत तथा २ काश्य पदक जितेको छ ।

त्यस्तै स्पेन र स्वीट्जरल्याण्डले ३-३ स्वर्ण, ४-४ रजत र ५-५ काश्य पदक जितेका छन् भने पोल्याण्डले ३-३ स्वर्ण र रजत तथा ४ काशी पदक जितेको छ । त्यसैगरी क्रोसियाले ३ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको छ भने जमैकाले ३ स्वर्ण, एक रजत तथा ३ काश्य पदक जितेको छ । त्यस्तै बेल्जियमले ३ स्वर्ण र एक एक रजत तथा काशी पदक जितेको छ भने स्विडेनले २ स्वर्ण र ५ रजत पदक जितेको छ ।

त्यसैगरी चाइनिज ताइपेइले २ स्वर्ण, ४ रजत र ६ काश्य पदक जितेको छ भने जर्जियाले २ स्वर्ण, ४ रजत र एक काश्य पदक जितेको छ । त्यस्तै डेनमार्कले २-२ स्वर्ण र रजत तथा ४ काश्य पदक जितेको छ भने इरान र नर्वेले २-२ स्वर्ण, २-२ रजत र एक एक काश्य पदक जितेका छन् । त्यस्तै स्लोभानियाले २ स्वर्ण र एक रजत पदक जितेका छन् । त्यसैगरी इक्वेडरले २ स्वर्ण र एक रजत पदक जितेको छ भने ग्रीस र उजबेकिस्तानले २-२ स्वर्ण पदक जितेका छन् ।