देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारसले सुनाए सन्यासपछिको योजना : एकेडेमी खोल्नेदेखि किताब लेख्नेसम्म

देशान्तर

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आगामी दिनमा क्रिकेटको व्यवस्थापनमा लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणापछि बुधबार पत्रकार सम्मेलन गर्दै पारसले आफु आगामी दिनमा क्रिकेटमै कुनै न कुनै रुपमा जोडिने बताएका छन् ।

पारसले आफु क्रिकेटको व्यवस्थापमा आउन इच्छुक भएको भन्दै आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्ने बताएका छन् । साथै पारसले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताए ।

उनले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताउदै भने- सन् २००५ मै नेपालले एकदिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थेँ होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।

उनले आउदो ८-१० बर्षमा नेपालले टेस्ट मान्यता पायो भने त्यो ठुलो उपलब्धि हुने बताउदै अहिलेको प्राथमिकता एकदिवसीय मान्यतालाई निरन्तरता दिने तर्फ हुनुपर्ने बताए । सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताउदै पारसले आफुले छिट्टै क्रिकेट एकेडेमी खोल्ने पनि जानकारी दिए ।

पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु क्रिकेट भने खेल्ने योजना रहेको बताए । साथै पारसले आफुले क्रिकेटमा सिकेका र भन्न नसकेका कुराहरुलाई समेटेर किताब पनि लेख्ने योजना रहेको सुनाए ।