देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

देशान्तर

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिष्य क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार सामाजिक सन्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।

उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गरेका छन् ।

सन् २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा शुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।

करिब डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो ।

सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।