देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरियाकाे राष्ट्रपतिमा चाैथाे कार्यकालका लागि असदले लिए सपथ

देशान्तर

सिरियाको राष्ट्रपतिमा निर्वाचित बसर अल असदले चौथौ कार्यकालका लागि सपथ लिएका छन् ।

राष्ट्रपति पदका लागि भएको चुनावलाई अवैध भन्दै विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका थिए ।

असदले हिजो राष्ट्रपति भवनमा शपथ लिएका हुन । सपथ ग्रहण समारोहमा सिरियाका प्रभावशालि धार्मिक नेता एवं सिरियाली सेनाका अधिकारीहरु सहभागी थिए ।

सन् २००० देखि राष्ट्रपति पदमा रहेका असदको कार्यकालमा भएको द्धन्द्ध र हिंसामा लाखौं सर्वसाधारणका ज्यान गइसकेको छ । सिरियमा लामो समयदेखि गृहयुद्ध चलिरहेको छ ।

रुसको समर्थनमा असदले शाशन गर्दै आउनुभएको छ । अमेरिका एवं पश्चिमाहरुको समर्थनमा विद्रोहीले लगातार सरकारी सेनामाथि आक्रमण गरिरहेका छन् ।