देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

देशान्तर

काठमाडौँ – ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । पछिल्लो १० दिनदेखि लगातर हिच्कि आएपछि राष्ट्रपति बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बोल्सोनारो आफैले सामाजिक संजालमा अस्पतालको बेडमा परिक्षण गराइरहेको तस्वीर सार्बजनिक समेत गरेका छन् । बिबिसीका अनुसार राष्ट्रपति बोल्सोनरको इमर्जेन्सी सर्जरी गर्नुपर्ने हुनसक्ने उल्लेख गरेको छ । उनलाई हाल साओ पाउलोको एक अस्पतालमा थप परिक्षणको लागि सारिएको बताइएको छ । उनी शुरुमा ब्रासिलियाको आर्मी अस्पतालमा गएर अब्जर्बेसनमा बसेका थिए । तर उनलाई चिकित्सकले थप परिक्षण गर्ने भन्दै साओ पाउलोको एक अस्पतालमा सारेको बताइएको छ ।

२०१८ को चुनावी क्याम्पेनका बेला छुरा प्रहार हुदा गम्भीर भएका राष्ट्रपति बोल्सोनारोको अहिलेको समस्यापनि सोहि घटनासँग सम्बन्धि भएको हुनसक्ने बताइएको छ । त्यसबेला उनले आफ्नो ४० प्रतिशत रगत गुमाएर गम्भीर अवस्थामा पुगेका थिए । उनका छोरा फ्लाभियोले सिएनएनसँग कुरा गर्दै थप उपचार प्रक्रियाक लागि पिताको पेटमा रहेको तरल पदार्थ निकाल्ने प्रक्रिया शुरुगरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति बोल्सोनारोलाई अहिले बोल्न समस्या भएको बताउदै अप्रेशन गर्नुपर्ने भएमा पनि यो त्यति ठुलो अप्रेशन नहुने बताएका छन् ।