देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

देशान्तर

काठमाण्डौ– इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।