देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व राष्ट्रपति जुमाका कारण दक्षिण अफ्रिका अशान्त

देशान्तर

पूर्वराष्ट्रपति ज्याकव जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै दक्षिण अफ्रिका अशान्त बनेको छ ।

पूर्वराष्ट्रपति जुमाका समर्थकहरुले उहाँको रिहाइको माग गर्दै शहरका विभिन्न भागमा प्रदर्शन गरेका छन् ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा अवरुद्ध पारेको मौका छोपी केही लुटेर समुहले शहरका पसलमा लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएको छ ।

उनीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेपछि प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शकारीहरुलाई धैर्य रहन अपील गरेका छन् ।

गत बुधबार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्ने चेतावनी दिएलगत्तै जुमाले आत्मसमर्पण गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन नसकेका कारण गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।