देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियाल मड्रिडका पूर्व कप्तान रामोस पीएसजीमा अनुबन्धित

देशान्तर

काठमाडौं – रियाल मड्रिडका पूर्व कप्तान तथा चार पटकका च्याम्पियन्स लिग विजेता सर्जियो रामोस फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन पीएसजीमा अनुबन्धित भएका छन् ।

बिहीबार भएको सम्झौताअनुसार रामोसले २०२३ सम्मका लागि पीएसजीसँग सम्झौता गरेका हुन् । रियालमा १६ वर्ष बिताएर चार च्याम्पियन्स लिगसँगै पाँच ला लिगा र चार क्बल विश्वकप जितेका रामोसले एक्कासी क्लब छाड्ने निर्णय गरेका थिए ।

सन् २०१२ मा स्पेनिस टोलीबाट विश्वकप विजेतासमेत बनेका रामोसलाई गत साता रियालले विदाई गरेको थियो । विदाई समारोहमा भावुक बनेका रामोसले आफू रियालमै बस्न चाहे पनि क्लबले त्यसलाई सकारात्मक रूपले नलिएको दाबी गरेका थिए ।

गत सिजनको अन्त्यमा चोट ग्रस्त बनेका ३५ वर्षीय लिजेन्ड रामोस जारी युरो २०२० को स्पेनिस टोलीमा परेका थिएनन् ।