देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पतालको कोभिड भ्याक्सिनमा अनियमितता

देशान्तर

काठमाडौं – कोरोना (कोभिड-१९) विरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने गरेको छ । केही सीमित व्यक्तिहरुले आफू निकट व्यक्तिहरुका साथै भारतीय र स्थानीय व्यापारीहरुलाई फोन गरेरै बोलाएर भ्याक्सिन लगाउने गरेको पाइएको छ । कतिपयले सरकारले तोकेको उमेर समूह नमिल्ने व्यक्तिहरुलाई पनि खोप लगाइदिएको जनाइएको छ ।

भ्याक्सिनेटर अहेव युवराज सुवेढी र नवराज श्रेष्ठले उमेर समुह नमिल्ने र आफुनिकटलाई फोन गरी गरी बोलाएर कलेज, भारतीय ब्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभिसिल्ड दोस्रो तथा पहिलो डोज भन्दै सयौंको संख्यालाई खोप लगाइदिएका छन् । त्यस्तै गत सातादेखि प्रयोगमा ल्याइएको चाइनीज भेरोसेल पनि भारतीय नागरिकलाई प्रतिब्यक्ती २०÷३० हजार रुपैयाँ लिँदै दुर्इ सय जनालाई खोप लगाईदिएको स्रोतले ज नाएको छ ।

कतिपय भारतीयहरु चिनियाँ खोप लगाउनका लागि हवाईजहाज नै चढेर काठमाडौंमा यी समुहको सम्पर्कमा आएको एक सुरक्षा गार्डले बताए । वीर अस्पताल कै  कर्मचारी खोप लगाउँन जाँदा सुवेदीले हप्की दप्कि गर्ने गरेका र पैसा दिनेलाई पहिले खोप लगाएपछि मात्र अरूलाई यिनिहरुले खोप बाँकी रहेमा मात्र लगाउने गरेका छन् ।

सुवेदी स्वास्थ्य कर्मचारी समायोजनको समयमा वीर अस्पतालमा नै समायोजन हुन आफूलाई ढाडको समस्या भएको नक्कली सिफारिश बनाई स्वास्थ्य मन्त्रालयमा पेश गर्ने कर्मचारी हुन् । उनले वीर अस्पतालको मेडिकल ओपिडीमा पिएफटी गर्ने ठाउँमा बस्छन् । त्यस्तै उनले अस्पतालमा आउने बिरामीलाई ‘यहाँ पालो पाइँदैन, यो क्लिनिकमा जानु’ भन्दै निजी क्लिनिकमा पठाउने गर्दछन् । त्यस्तै ओपिडीमा आउने दम रोगका बिरामीलाई प्रयोग हुने मुखबाट तान्ने औषधि सुवेदीले कमिसन दिने कम्पनीको मात्र किन्न लगाउने गरेको पनि जनाइएको छ ।

सुुवेदीलाई कोभिड फोकल पर्सन डा. अच्चुत राज कार्कीले संरक्षण गरिरहेको पनि जनाइएको छ । त्यस्तै उनले कतिपय कर्मचारीलाई आफू स्वास्थ्य सचिवको मान्छे भएको हुनाले सचेत रहेर काम गर्न समेत धम्की दिने गरेको बताउँछन् ।