देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द दम्पती अस्पताल भर्ना

देशान्तर

काठमाडौं – कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन्। पूर्व राजाका सहयोगी फणी पाठकका अनुसार पूर्व राजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।

उनीहरू चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको पाठकले बताए। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर पूर्व राजा शाह बैशाख ५ गते स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।