देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा एकै दिन १२८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र ६३४

देशान्तर

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन्। यसअघि आइतबार १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।

यस्तै हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ। गत २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ। हाल ८१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।