देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गते रिलिज हुने

देशान्तर

काठमाडौँ – अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले स्क्रिन शेयर गरेको दोस्रो चलचित्र हो, ‘ए मेरो हजुर ४’ हो । यो चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आगामी भदौ १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

चलचित्रमा अनमोल र सुहानासँगै यो चलचित्रमा सलोन बस्नेतले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। चलचित्र निर्माण टिमले सार्वजनिक गरेको पहिलो पोस्टरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।

झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ४’सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा तथा छेतेनको पटकथा र संवाद रहेको छ ।