देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलिना राईको ‘प्राण पियारी’ सार्वजनिक

देशान्तर

काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको गीत ‘प्राण पियारी’ सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र नरेन्द्र वल्लभ पन्थले स्वर भरेका छन् । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोमा नन्द अधिकारीको शृंगार रहेको छ । प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतमा सुव्रत राज आचार्यको निर्देशन रहेको छ ।