देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपसहित ८ खेलाडी आईपीएलको अक्सनमा

देशान्तर

काठमाडौँ – भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ ।

सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । अक्सन नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।