देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ आज

देशान्तर

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदै छ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। २०७५ साल कात्तिक ९ गते आयोगले नेकपाको पक्षमा फैसला सुनायो।

त्यसपछि कट्टेलले २०७५ साल मंसिर २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला यो मुद्दा पेसीमा चढेको हो।