देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गराउँदै हिड्ने ५६ जना प्रहरी नियन्त्रणमा

देशान्तर

 

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरिएको छ । आज आम हड्ताल आव्हान गरेको दाहाल- नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेका हुन् ।

प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको बताइएको छ । ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ ।

हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन् । काठमाडौंका चोक चोकमा बाक्लो रुपमा प्रहरी परीचालन गरिएको छ । ठाउँ ठाउँमा बन्द कर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

बिहानै देखि हड्ताल सफल बनाउन बन्द गराउँदै हिडेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ५६ जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले आज देशब्यापी आम हड्तालको घोषणा गरेको हो ।