देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ बिगाहामा लगाइएको अफिम र गाँजा खेती नष्ट

देशान्तर

काठमाडौं । मकवानपुरमा १८ बिगाहा १० कठ्ठा लगाइएको लागुओषध अफिम तथा गाँजा खेती नष्ट गरिएको छ ।

बुधबार राक्सिराङ गाउँपालिका-४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका १८ बिगाहाका अफिम र गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गणबाट ४५ जनाको संयुक्त टोली खटिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले बताए ।

सो टोलीले अफिम खेती फडानी गरी नष्ट गरको थियो । त्यस्तै गाँजा खेती काटेर खेतमा लुकाइराखेको ५०० किलो गाँजा पनि नष्ट गरेको हो ।