देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युद्ध नछाडेको भए हाम्रो नियती श्रीलंकाको तमिल विद्रोहकै जस्तो हुन्थ्यो : दाहाल

देशान्तर

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।

बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको जस्तो हुनसक्ने देखेर शान्तिपूर्ण राजनीतिमा आउने निष्कर्षमा पुगेको बताएका हुन्।

उनले भने, नेपालको राजनीतिमा निरंकुशतावादीले सम्पूर्ण सत्ता लिन खोजेको बेलामा जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्ने र राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यही हो भन्ने ठानेँ मैले। यसबेला गरिएन भने त्यसपछि फेरि समय आउँदैन, हाम्रो नियती पेरुकै हुन्छ। हाम्रो नियती श्रीलंकाकै हुन्छ भन्ने देखेँ मैले।

विश्वमा भएका ठूलाठूला सशस्त्र विद्रोहको नाम निशान आफ्नै आँखा अगाडि मेटिएको आफूले देखेको उनले बताए। सबै परिस्थिति हेरेर ‘जनयुद्ध’लाई विजयतर्फ लैजान यस्तो निर्णय गरेको उनको भनाइ छ।