देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापामा मोटरसाइकल एक -आपसमा ठोक्किँदा १ जनाको मृत्यु

देशान्तर

काठमाडौ । झापामा २ वटा मोटरसाइकल एक -आपसमा ठोक्किँदा झापामा १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी शिवसतासी नगरपालिका (९ बस्ने २३ वर्षीय करण कार्कीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌।

पूर्व पश्चिम राजमार्गमा अन्तरगत कनकाई ८ बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल मंगलबार राति एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।