देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ — संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । १ जना माननीय र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ, धमलाले भने ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।