देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर मौलाउँदै भ्रष्टाचार 

देशान्तर

काठमाडौं । मुलुककै जेठो र ठूलो तथा गरिब जनताका लागि भरोसाको केन्द्रको रूपमा रहेको वीर अस्पताल भने आफैं बिरामी अवस्थामा पुगेको छ । त्यहाँको स्रोत दोहन गर्न पल्किएका निर्देशक डा. सन्तोष पौडेलविरुद्ध अस्पतालका कर्मचारीहरू एकजुट भएका छन् ।

उनीविरुद्ध पटकपटक उजुरी दिए पनि कारबाही गर्नुको साटो सरकारका मन्त्रीले पुरस्कृत गर्दै वीरमै राखी रहेपछि कर्मचारीहरूले पछिल्लो समय फेरि उजुरी लिएर सम्बन्धित निकायहरूमा धाउन पनि थालेका छन् । 

वीर अस्पतालका कर्मचारीहरूले छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालयलाई गुहारेका थिए ।

वीरका कर्मचारीको विषयमा सम्बोधन गर्नका लागि राष्ट्रिय सतर्कता केन्द्रले दुई पटक प्रतिवेदन नै बुझाइसकेको छ । उक्त प्रतिवेदनपछि अख्तियारले अस्पताललाई क्षति पु¥याउनेहरूलाई कारबाही गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिँदा पनि कारबाही नहुँदा कर्मचारीहरू नै निराश बनेका छन् । 

वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाइ, अस्पताल फार्मेसीलगायतमा व्यापक अनियमितता भएको छ, टेन्डरबाट सामान नलिने कोटेसनमा पटकपटक गरी करोडौंको सामान खरिद गर्ने गरेको, विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता भएको कर्मचारीहरूले उजुरी गरेका छन् ।

५० हजार माथिको सामान कोटेसनमा समान लिन परेमा अनलाइनमार्फत लिने व्यवस्थापकको निर्णय हुँदा पनि अनलाइन घटाघट नगरी कमिसनको चक्करमा निर्देशक डा. सन्तोष पौडेलले व्यापारीसँग सीधै डिल गर्ने गरेको कर्मचारीहरूले बताएका छन् । उनैले कार्यालय समयपछि व्यापारीहरूलाई हस्पिटलमै बोलाएर छलफल गर्ने गरेको बताइएको छ । उनै पौडेल ट्रमा सेन्टरमा निर्देशक हुँदा अनियमिततामा पनि मुछिएका व्यक्ति हुन् । वीरमा आएदेखि नै शंकास्पद गतिविधि गर्दै आएका पौडेलले आफू निकटका व्यापारीलाई पोस्नकै लागि आवश्यकताभन्दा बढी सामानहरू बिना टेन्डर खरिद गर्ने गरेका छन् भने कर्मचारीहरूलाई अतिरिक्त कामको भत्ता दिन पनि आनाकानी गर्ने गरेको आरोप छ ।