देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रण-अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान

देशान्तर

काठमाडौँ – समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ ।

श्री शाहका परिवारजनको विशेष सक्रियतामा अम्विका निवास, लाजिम्पाटमा बिहीबार आयोजित एक समारोहमा गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको सभापतित्व एवं पूर्व मुख्यसचिव शंकर वैरागीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापिका उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर, धारपानीलाई नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको थियो ।

पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका थिए ।

यसैगरी, नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई रु ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई रु ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्यकेन्द्र थापाथलीलाई ५ लाख, त्रिवेणी धाम आरती समूह शंखमुललाई रु २ लाख प्रदान गरिनुका साथै दुर्गा मन्दिर धर्ना, दाङलाई निरन्तर सहयोग गर्ने घोषणा पनि गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएकी उर्मिला गर्गले स्व तुलसीमेहरको प्रेरणाले समाजसेवामा लागेको बताउँदै यस्तो सम्मानले आफू थप उत्साहित भएको बताइन् ।
यस्तै, पाण्डवेश्वर महादेव मन्दिर धारपानीका अध्यक्ष गणेश अधिकारीले धर्म संस्कृतिको जगेर्नाका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

पोषणराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा गुठीका सचिव किरण थापाले संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस्तै अध्यक्ष डा. योगीले समाज सेवाको भावनाका साथ २०७८ सालमा स्थापना भएको गुठीले धर्म संस्कृतिको रक्षाका लागि सदैव भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

गुठी सञ्चालक समिति सदस्य डा. मिता राणाले सबैलाई धन्यवाद दिएकी थिइन् ।

बिहीबार नै ९४ वर्षमा लागेका समाजसेवी शाहले भैरहवामा लुम्बिनी रण -अम्बिका आँखा अस्पताल निर्माण गर्नुका साथै काठमाडौँ विश्वविद्यालयको स्थापनामा उल्लेख्य सहयोग गरेका थिए। उनले दाङ्ग लगायत विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योगदान गरेका छन्।