देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पाँचदेखि नौ घण्टासम्म विद्युत अवरुद्ध हुने

देशान्तर

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि नौ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक  वितरण केन्द्रको पाटन पुच्लोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुनेछ ।

मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ ।

प्राधिकरणका अनुसार ललितपुरको  पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।