देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली पक्षकाे बृहत कार्यकर्ता भेला शनिबार

देशान्तर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले काठमाडौंमा आगामी शनिबार बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको छ ।

भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेताहरु ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।

यसअघि ओली पक्षले बुधबार कार्की ब्याङ्क्वेटमा सुदूरपश्चिमका अगुवा नेता कार्यकर्ताहरूको भेला गरेको थियो ।

भेलामा प्रधानमन्त्री ओलीसँगै उद्योगमन्त्री लेखराज भट्टले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले पछिल्लो समय कार्यकर्ता भेलालाई तीव्रता दिएका छन् ।