देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यू क्यासल र लिभरपुल बराबरीमा रोकिए

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ । वुधबार राति भएको खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडसँग गोरहीत बराबरी खेलेको हो ।

लिभरपुलका लागि मोहम्मद सलाह, साडियो मानेले पटक पटक पाएका अबसर सदुपयोग गर्न नसक्दा शीर्ष स्थानको लिभरपुलले तालिकामा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाउन असफल भयो ।

लिभरपुलले १६ खेलबाट ३३ अंक बनाएको छ भने एक खेल कम खेलेको युनाइटेडको ३० अंक रहेको छ । यसैगरी लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको न्यूक्यासल भने १९ अंकका साथ तालिकाको १४ औं स्थानमा छ ।

बुधबारका लागि हुने तय भएको टोटनह्याम र फुलह्यामको खेल भने स्थगित भयो । खेल शुरुहुनुभन्दा एक घण्टा अगाडि मात्रै यो खेल स्थगित भएको हो । फुलह्यामका खेलाडीमा कोरोना पुष्टि भएको थियो ।