देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परिक्षण गरिंदै

देशान्तर

राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परिक्षण गरिंदैछ ।

शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले आज सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा भईसकेको तिमिल्सीनाको भनाई छ ।

यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सीनाले बताए ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेको भन्दै उनले सरकारी बिजनेशविना अधिवेशन लामो समय लैजान नसकिने बताए ।

अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई अपिल गरेका छन् ।