देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ जनादेशका लागि संसद विघटन : महासचिव पौडेल

देशान्तर

वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् । वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै महासचिव पौडेलले कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका हुन ।

उनले बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिर्जना गरेको बताएका थिए । कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको अवस्था सिर्जना भएको बताए ।