देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा

देशान्तर

काठमाडौं । सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले एआईजी बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलाललाई सचिवमा बढुवा गरिएको हो ।