देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बम काण्डमा फरार पूर्वमन्त्री आलमका भाइ पक्राउ

देशान्तर

काठमाण्डौ – रौतहटमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।

संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा मोहम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

पक्राउ परेका आलम अफताव आलमका भाइ हुन् । पूर्वमन्त्री आफताव आलम यसअघि नै पक्राउ परिसकेका छन् ।