देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

देशान्तर

काठमाडौं । बाँकेमा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका (५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा ४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति १ : ११ बजे मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै कञ्चनपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान १:४५ बजे मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।