काठमाण्डौ – नेपालमा भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गरेका छन् ।
सेनाको मुख्यालय जंगी अड्डा पुगेर चीनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चीनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आएका हुन् ।
प्रतिक्रिया